Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

आज भाइटीका, १० बजेर ५१ मिनेटमा सवैभन्दा उत्तम साइत

उद्‌घोष सम्वाददाता
२९ कार्तिक २०८०, बुधवार

विराटनगर, २९ कात्तिक : यमपञ्चकको मुख्य दिन आज भाइटीका, सवैभन्दा उत्तम साइत विहान १० बजेर ५१ मिनेटमा रहेको छ । 

भाइटीकामा दिदी बहिनीहरुले आफ्ना दाजुभाइहरुलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्ति होस् भन्ने कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएर मखमली, सयपत्री लगायतका फुलबाट बनेका माला लगाइदिन्छन् ।

दाजुभाइले दिदी बहिनीहरुबाट टीका ग्रहण गरेपछि दाजुभाइले पनि दिदी बहिनीहरुलाई दक्षिणा प्रदान गर्दछन् । 

कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीहरुको दोस्रो ठूलो चाड हो । आजको दिन चेली माइती भेट हुने र सुख दुख साटासाट गर्ने अवसर पनि हो ।  

View : 197

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved