Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

फुटेका कम्युनिष्ट जुटेर विराटनगरमा मनाए पुष्पलाल स्मृति दिवस

उद्‌घोष संवाददाता
७ साउन २०८१, सोमवार

विराटनगर । विभिन्न नाममा फुटेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूले कम्युनिष्ट पार्टीकै संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको स्मृति दिवस भने जुटेर मनाएका छन् । 

विराटनगरमा सोमबार आयोजित पुष्पलालको ४६ औं स्मृति दिवस नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्ताहरू सहभागी भएर मनाएका हुन् । 

विराटनगरस्थित पुष्पलाल चोक पुगेर उनीहरूले पुष्पलालको सालिकमा माल्यार्पण गरेका छन् । एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सचिव एवं प्रदेश सरकारका मन्त्री गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीदेखि एमाले नेता विनोद ढकालसम्म एकै ठाउँमा उभिएका हुन् ।

कार्यक्रममा कम्युनिष्ट नेता कमल कोइराला, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी लगायत सहभागी भए । उक्त अवसरमा धरानका ज्येष्ठ कम्युनिष्ट १०१ वर्षीय नर बहादुर लिम्बूलाई सम्मान समेत गरिएको थियो ।

पुष्पलाल स्मृति दिवसकै अवसरमा आयोजित कविता प्रतियोगिताका विजयी कवि कवियत्रीहरुलाई सोही अवसरमा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको पुष्पलाल स्मारक समितिका अध्यक्ष केशव प्रसाद गौतमले बताए ।

View : 494

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved