Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

एक बर्षमा जोगवनी नाकाबाट १७४ जनाको उद्दार

उद्‌घोष सम्वाददाता
१३ फागुन २०८०, आइतवार

विराटनगर । माइती नेपालले मानव बेचविखनजन्य क्रियाकलापको आशंकामा एक बर्षको अवधिमा जोगवनी सीमा नाकाबाट १७४ जनाको उद्दार गरेको छ । बदलिंदो समयसँगै दलालहरुले मानव बेचबिखनका लागि अपनाउने नयाँ–नयाँ तरिकाका कारण सीमा नाकामा अझ कडा निगरानी गरिएको र उनीहरुको उद्दार सम्भव भएको जनाइएको छ । 

माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचविखन नियन्क्रणको काम गर्ने त्रममा दलालहरुले सीमासम्म अभिभावकको प्रयोग गर्ने गरेको जानकारी दिए । उनले त्यसका लागि जोगवनी जाने सिटी सफारी चालकहरुलाई समेत सम्भावित मानव बेचबिखनका बारेमा सचेतना जगाउन सुरु गरिएको बताए ।

संस्थाले सन् २०२३ मार्चदेखि अहिले २०२४ फेब्रुअरीसम्मको अवधिमा जोगबनी नाकाबाट मात्रै १७४ जनाको उद्दार गरिएको र सवैभन्दा बढि मोरङका ५४ जना रहेको कार्यक्रम संयोजक पोखरेलले बताए ।

फ्रि अ गर्ल्स नेदरल्याण्डको सहयोगमा सञ्चालित ‘अवरोध, उद्वार र न्याय परियोजना’ अन्तरगत एक बर्षको अवधिमा संचालित कार्यक्रमहरुको जानकारी दिंदै उनले सीमामा एकै प्रकारको कार्यक्षेत्र रहेका धेरै संस्थाहरुले काम गर्दा पनि कतिपय बेलामा दोहोरोपना हुने गरेको बताए ।

वितेका १४ बर्षमा रानी सिमाबाट १ हजार ३२८ बालिकाहरुलाई मानव वेचविखनको सम्भावित जोखिमबाट बचाएको माइती नेपालले जनाएको छ । माइती नेपालको तथ्याङ्क अनुसार सबैभन्दा बढी सन २०२३ मा १५९ लाई बेचविखन हुनबाट बचाएको जनाइएको छ ।

View : 275

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved