Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

लेटाङकी बालिका अंशु गौतमको हत्या आरोपमा छिमेकी पक्राउ

हत्यापछि अधिकारी आफैं अंशुको हत्यारा खोज्ने कार्यमा संलग्न भएको र शव भेटिएको केहिदिनपछि भारत गएका कारण उनलाई निगरानीमा राखेर अनुसन्धान गर्दा संलग्नता पुष्टि भएको प्रहरी स्रोतको भनाई छ ।
उद्‌घोष संवाददाता
२१ मंसिर २०८२, आइतवार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिका अंशु गौतमको हत्या छिमेकीले गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको अनुसन्धान टोलीले लामो प्रयासपछि हत्यामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गरेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार अंशुको हत्याको आरोपमा छिमेकी करीव ५५ वर्षीय पदम बहादुर अधिकारी पक्राउ परेका छन् । 

उनले अंशुको परिवारसँग विगतमा भएको झगडाको रिस फेर्न उनको हत्या गरेको खुलेको हो । हत्यापछि अधिकारी आफैं अंशुको हत्यारा खोज्ने कार्यमा संलग्न भएको र शव भेटिएको केहिदिनपछि भारत गएका कारण उनलाई निगरानीमा राखेर अनुसन्धान गर्दा संलग्नता पुष्टि भएको प्रहरी स्रोतको भनाई छ ।

१३ वर्षीय अंशु २०८२ असोज २१ गते दिउँसो आफ्नै घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । उनको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको तथा शव समेत कुहिँदै गरेको अवस्थामा फेला परेको थियो ।

जंगलभित्र सड्दै गरेको अवस्थामा शव फेला परेको र घरबाट हराइसकेकी अंशुलाई हराएको समयपछि पनि देखेको जानकारी उनकै आमाले दिएका कारण प्रहरीलाई अनुसन्धानको बाटो समाप्त निकै कठिन बनेको थियो ।

View : 233

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved