विराटनगर । विराटनगर लायन्स क्लबका संस्थापक मुलचन्द राठीको निधन भएको छ । विराटनगर मेनरोड अतिथि सदन छेउ घर भएका राठीको ९१ वर्षको उमेरमा बुधबार राति आफ्नै निवासमा निधन भएको हो ।
केही असाध्य रोगका कारण घरमै स्वास्थ्य लाभ गरेका राठीको पछिल्लो पटक देखिएको सेप्सिस रोगका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
रगतमा संक्रमण भई देखिने ‘सेप्सिस’ मिर्गौला, फोक्सो, कलेजो जस्ता शरीरका महत्वपूर्ण अंगलाई क्षतिग्रस्त बनाउने रोगका रुपमा जानिन्छ ।
राठीले आफ्नो जीवनकालमा लायन्स अन्तर्राष्ट्रियलाई नेपाल भित्र्याई त्यसको संस्थापक सदस्य भएका थिए । उनी विराटनगर लायन्स क्लबको अध्यक्ष पनि भएका थिए ।
राठीको परिवारमा किशन र दिनेश गरी दुई छोरा र तीन छोरी छन् । उनको बिहीबार विराटनगर हाटखोलास्थित परमविश्रान्ती श्मसानघाटमा अन्तिम संस्कार गरिएको छ ।
राठी परिवारले विराटनगरमा साझेदारीमा उद्योग सञ्चालन तथा ट्रान्सपोर्ट एवम् ट्रेडिङको काम गर्दै आएको छ ।
View : 222
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved