विराटनगर । विराटनगरमा तेस्रो संस्करणको इक्विलिटी कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा मोरङ क्रिकेट संघ र विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा प्राविधिक सहयोगमा मङ्गलबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा मोरङसहित इलाम, सप्तरी र सिरहाका महिला क्रिकेट खेलाडीहरूबीच प्रतिष्पर्धा हुने छ ।
विराटनगर– ६ स्थित ज्वाला क्रिकेट मैदानमा उद्घाटन खेल मोरङ र सप्तरीबीच सुरु भएको हो ।
नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले योजनाका साथ क्रिकेट खेलको विकासमा लागेको बताए । उनले घर परिवारलाई विश्वासमा लिएर खेलाडीहरुले खेल क्षमता प्रदर्शन गर्नुपर्ने बताए । नेपाली महिला क्रिकेटको भविष्य उज्जल रहेको दाबी गरे ।
नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेटको विकासका लागि अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगिताका सवै खेलहरू लिग चरणमा खेलिने जनाइएको छ ।
टि–२० फर्म्याटमा हुने प्रतियोगिता चार दिनसम्म चल्ने छ । क्रिकेट विथआउट बाउण्ड्रिजको प्राविधिक सहयोगमा बेलायतबाट आएका पाँचजना स्वयंसेवक प्रशिक्षकहरूले सहभागी टिमहरूलाई खेल सहजिकरण गरेका छन् ।
View : 545
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved