विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडास्थित बविना राईको दुईतले घरमा आगलागी हुँदा झण्डै १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मंगलबार अपरान्ह भएको आगलागीमा सोही घरको तल्लो तलामा रमेश राईले भाडामा संचालन गर्दै आएको फर्निचर उद्योग समेत जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कुनै मानवीय क्षति नभएपनि आगलागीबाट बविना राईको १० लाख रुपैयाँ बराबरको घरका काठपात र सरसामान तथा रमेश राईको फर्निचर, नगद २० हजार र चाँदीसहित करीव दुई लाखसहित १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी र चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 64
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved