Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

मतगणना जारी

रास्वपा २५ सिटमा अगाडी, एमाले २ र कांग्रेसलाई १ सिटमा अग्रता

मोरङको क्षेत्र नम्बर १, ४ र ५ मा पनि रास्वपाका उम्मेदवार धेरै अगाडि छन् ।
उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

विराटनगर । बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर देखिएको छ । अधिकांश जिल्लामा मतगणना सुरु भएका छन् ।

शुक्रबार विहान ६ बजेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाले २५ निर्वाचन सिटमा अग्रता कायम गरिसकेको छ । रास्वपाका कतिपय उम्मेदवारको अग्रता अरु उम्मेदवारभन्दा पाँचगुणासम्म धेरै छ ।

एमालेले २ र कांग्रेस १ सिटमा अगाडि देखिएका छन् । 

मोरङको क्षेत्र नम्बर १, ४ र ५ मा पनि रास्वपाका उम्मेदवार धेरै अगाडि छन् । १ मा यज्ञमणि न्यौपाने, ४ मा सन्तोष राजवंशी र ५ मा आशा झाले फराकिलो अग्रता पाइसकेका छन् ।

मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिनले ६४३, नेपाली काँग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेको घनश्याम खड्काले २३७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक तर फराकिलो अग्रता कायम गरिसकेका छन् ।

राजवंशीले १ हजार ६३० मत ल्याउँदा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६०, नेकपामा अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झाले १२२९ मत पाउँदा जसपाका राजकुमार यादवले ५६५ मतका साथ दोस्रो स्थानमा छन् ।

नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका हुन् ।

झापा ५ मा केपी ओली पनि रास्वपाका बालेन्द्र शाहसँग पछि परिसकेका छन् ।

View : 72

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved