विराटनगर । गैरसरकारी संस्था गैसस महासंघ कोशी प्रदेशको १७ औं साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनले सोमराज ढकालको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।
उपाध्यक्षमा प्रभा अधिकारी, सचिवमा चन्द्रमणि गुरागाईं, सहसचिवमा सन्तोषकुमार बस्नेत र विनोद विक कोषाध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले ज्ञानु थापा, किरण घिमिरे, खगेन्द्र सापकोटा र मानबहादुर राईलाई सदस्यमा चयन गरेको छ ।
त्यस्तै गैसस महासंघ मोरङको २१ औं साधारणसभा समेत सम्पन्न भएको छ । अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।
गैससका प्रदेश अध्यक्ष लखनलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा गैससकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष नानीमैया थापा, महासचिव देवी खड्का, सचिव सरिता आङदाम्बे, केन्द्रीय सदस्य सुमन परियार, सिर्जना बस्नेत, बालकृष्ण ओझा, मोरङ अध्यक्ष विष्णु शर्मा, नियोगका प्रतिनिधि देवी बास्तोलालगायतले राजनीतिसहित सबै क्षेत्रमा पुस्तान्तरण जरुरी रहेको धारणा राखेका थिए ।
View : 239
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved