विराटनगर । इर्स्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ । मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरूलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो ।
तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्सरको उपचार गर्न पनि सहज हुने बताए ।
त्यस्तै हस्पिटलका उपाध्यक्ष डा. निकिता कार्कीले अब चाँडै पेट सिटी सञ्चालनको तयारी गरिरहेको जानकारी दिइन् । उनले क्यान्सर सर्भाइभरहरू मार्फत नयाँ विरामीलाई परामर्श दिन सर्भाइभरहरूलाई तालिम प्रदान गरिएको बताइन् ।
कार्यक्रममा डा. सुलभ सापकोटाले परिवारका सदस्यले क्यान्सरका विरामीलाई हेरचाह गर्ने तरिका सिकाएका थिए । कार्यक्रमका संयोजक एवं क्यान्सर सर्भाइभर कमल पौडेलले सर्भाइझरहरूको सशक्तिकरणका लागि कार्यत्रम आयोजना गरिएको बताए ।
View : 482
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved