Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप : चित्लाङसँग आयोजक एलएक्स सिटी स्तब्ध

उद्घोष सम्वाददाता
३ कार्तिक २०८१, शनिवार

विराटनगर । बेलबारीमा जारी सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको शनिबारको खेलमा आयोजक एलएक्स सिटी फुटबल क्लब स्तब्ध बनेको छ ।

आयोजकले चित्लाङ फुटबल क्लब काठमाडौंसँग ३–२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु परेको हो । 

१४ औं मिनेटमा सुशील राईको गोलबाट उत्कृष्ट सुरुवात गरेको एलएक्स सिटी फुटबल क्लबले ४७ औं मिनेटमा जबाफी गोल खायो ।

मिलन राईको पासमा सुरुवाती गोल गरेको आयोजकले शनिबार घरेलु दर्शकको भरपुर समर्थन पाएर पनि आफ्नो पक्षमा खेल फर्काउन असमर्थ बन्यो । 

४७ औं मिनेटमा चित्लाङका विदेशी खेलाडी रोवर्टको पासलाई सनम धिमालले उत्कृष्ट गोल गर्दै खेललाई १–१ गोलको अवस्थामा पुर्याएर पहिलो हाफ सकिएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ६२ औं मिनेटमा चित्लाङका कार्लोसले वान भर्सेज वानमा अर्को सुन्दर गोल गरे ।

२–१ ले पछि परेको आयोजक विरुद्ध ७४ औं मिनेटमा आयोजक एलएक्स सिटीका प्रदीप लामाले बललाई जाली चुमाए ।

२–२ गोलको बराबरीले दुवै टोलीलाई सङ्घर्षपूर्ण बनाइदिएको खेलमा आयोजक दुई मिनेट पनि टिक्न सकेन । ७६ औं मिनेटमै चित्लाङका विदेशी खेलाडी हेनरीले निर्णायक गोल गर्दै स्तब्ध पारे । 

आयोजक विरुद्ध चित्लाङले निर्णायक गोल गरेपछि आयोजक सातौँ संस्करणको उपाधि होडबाट बाहिरिएको छ ।

खेलमा चित्लाङ फुटबल क्लबका कार्लोस म्यान अफ द म्याच घोषित भए । उनलाई बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापाले नगद ५ हजार र ट्रफी प्रदान गरिन् । 

यो प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्डकप तथा उपविजेताले ५ लाख नगद र उपविजेताको ट्रफी पाउने छ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा भारतको कन्चनजंघा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा–११ फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । आइतबारको खेल झापा–११ र भोजपुर फुटबल क्लबबिच हुने आयोजकले जनाएको छ ।

View : 114

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved