Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

विश्वासको मत कायमै राखेर कोशीमा प्रतिपक्षी बेञ्चमा एमाले

उद्‌घोष सम्वाददाता
२१ कार्तिक २०८०, मङ्गलवार

विराटनगर : आफूसँग भएको सहमति विपरित मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराएको असन्तुष्टि स्वरुप कोशी प्रदेशमा अहिले एमाले सत्ता बाहिर गएको छ । 

एमाले सत्ता बाहिर पुगेपनि सरकारलाई दिएको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय गरेको छ । सरकारबाट हटेको एमाले सोमबारदेखि सुरु भएको कोशी प्रदेश सभाको बैठकमा प्रतिपक्षको बेञ्जमा पुगेको छ । 

प्रदेश सभाको बैठक अघि सोमबार विहान १० बजेदेखि दुई घण्टा बसेको एमाले संसदीय दलको बैठकले सरकारबाट सरकारबाट हटेका कारण प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
एमलो संसदीय दलको बैठकले सरकारबाट फिर्ता भएका कारण प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

‘आजबाट एमाले प्रतिपक्षमा रहने छ’ उनले भने, ‘केदार कार्की नेतृत्वको सरकार गठनका लागि एमालेले दलको तर्फबाटै समर्थन गरेको थियो, मन्त्री फिर्ता भएका कारण अब उक्त समर्थन स्वतः फिर्ता भएको छ, तर हामीले विश्वासको मत भने हाललाई कायम राखेका छौं ।’ 

प्रमुख सचेतक भण्डारीले प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई सभा सदस्यहरूको हैसियतमा विश्वासको मत दिएको बताए । सोही कारण उक्त समर्थन हाललाई कायम राख्ने निर्णय गरेको बताए । त्यसको औपचारिक जानकारी सोमबार नै मुख्यमन्त्री कार्की र प्रदेश सभामा समेत गराइसकेको भण्डारीले बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णय अनुसार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेद्दवार बनाउने भएपछि कांग्रेसकै नेतृत्वको सरकार गठन गर्ने भन्दै कार्कीले आठ सांसदको नेतृत्वमा एमालेसँग मिलेर कोशीको मुख्यमन्त्री बनेका थिए ।

कार्की नेतृत्वको सरकारमा एमाले संसदीय दलका उपनेता रामबहादुर मगर विनाबिभागीय मन्क्री समेत नियुत्त भएका थिए । तर केन्द्रीय गठबन्धननै खलबलिने अवस्था आएको भन्दै गठबन्धन दलको सहमतिमा कार्कीलाई नै कोशीको मुख्यमन्त्री स्वीकार गर्ने सहमति भएको थियो । त्यसपछि मुख्यमन्त्री कार्कीले पुनः गठबन्धनकै निर्णय कार्यान्वयनमा लाग्दै आएका छन् ।

कार्कीलाई संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री बनाउन एमालेका ३९ जना सभा सदस्यहरुले हस्ताक्षर गर्दै प्रदेश प्रमुखको कार्यालयमा स–शरीर सनाखतसमेत गरेका थिए ।

सोही कारण एमालेले मुख्यमन्त्री कार्कीलाई अहिलेकै अवस्थामा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा नल्याउन दवाव दिएकोमा कार्कीले शुक्रबार माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगूलाई विनाविभागीय मन्क्री नियुत्त गरिसकेका छन् । मुख्यमन्त्री कार्कीले केहिदिनभिक्रै मन्त्रीहरुको कार्यजिम्मेवारी तोक्ने समेत बताइसकेका छन् ।

मुख्यमन्त्रीले मन्त्रीहरु नियुत्त गर्दा एमालेसँग कुनै पनि सरसल्लाह नगरेको भन्दै शनिबार विहान एमाले संसदीय दलका उपनेतासमेत रहेका विनाविभागीय मन्त्री मगर कार्कीलाई मन्त्री पदको राजीनामा बुझाएका थिए ।

View : 106

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved