विराटनगर । दुइसाता अघि सरुवा भएर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको कमाण्ड सम्हालेका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले सोमबार सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
उनले आफ्नो कुनै नयाँ कार्यक्रम नभए पनि कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाइका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रणमा कडाई गर्ने बताए ।
कार्यक्रममा उनले सञ्चारकर्मीहरुका जिज्ञासाको जवाफ दिएका थिए ।
View : 412
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved