Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सूर्योदय डेरीका यादव सम्मानित

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । राष्ट्रिय दुग्ध दिवस २०८३ तथा विश्व दूध दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष तथा विराटनगरस्थित सूर्योदय डेरी उद्योगका सञ्चालक मनोजकुमार यादवलाई सम्मान गरिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले उनलाई सम्मानपत्र प्रदान गरेकी हुन् ।

दुग्ध क्षेत्रको प्रवद्र्धन, स्वदेशी उत्पादनको विस्तार, किसानसँगको सहकार्य तथा गुणस्तरीय दुग्धजन्य वस्तु उत्पादनमार्फत पु¥याएको योगदानको मूल्यांकन गर्दै यादवलाई सम्मान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता प्रह्लाद दाहालले जानकारी दिएका छन् ।

विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रीले ‘परम’ ब्रान्डअन्तर्गत दूध, दही, घ्यू, पनिर, बटरलगायत विभिन्न दुग्धजन्य सामग्री उत्पादन गर्दै आएको छ । 

उद्योगले स्थानीय किसानबाट दूध संकलन गरी बजार व्यवस्थापन, रोजगारी सिर्जना तथा दुग्ध व्यवसाय विस्तारमा योगदान दिंदै आएको बताइएको छ ।

सम्मान ग्रहणपछि यादवले दुग्ध क्षेत्रको दीर्घकालीन विकास, किसानको हित संरक्षण तथा उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएका छन् । 

उनले प्राप्त सम्मानले सम्पूर्ण दुग्ध व्यवसायी र उद्योग क्षेत्रलाई थप उत्साह मिल्ने विश्वास व्यक्त गरेका छन् ।

View : 586

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved