विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले ३२ औं अभिभावक दिवस मनाएको छ ।
प्राचार्य टीकाराम पुरीले विद्यालय सधैं अग्रपथमा हिंडिरहेको बताउँदै एभरेष्टले कसैसँग आफूलाई तुलना नगर्ने दावी गरे । आगामी दिनमा अझ गतिशील बन्दै अग्रपथमा हिंड्न चाहेको उनले बताए ।
अहिलेको युग सापेक्ष शैक्षिक वातावरण, नविन अन्वेषणको प्रयोग तथा सीप संस्कार र प्रविधिमैत्री बन्दै एभरेष्ट अग्रपथमा हिंड्ने बताए ।
प्राचार्य पुरीले विश्वका सम्पन्न मुलुकहरूमा दिइने स्तरको शिक्षा एभरेष्टबाटै प्रदान हुँदै आएको बताए ।
शुक्रबारदेखि सुरू भएको दुई दिने अभिभावक दिवसको उद्घाटनदेखि समापनसम्म भव्य रूपमा गरिएको छ ।
सूचना र प्रविधिको गतिशिल युगमा हाम्रो शैक्षिक वातावरणको समेत विकास गर्नु अपरिहार्य रहेको पुरीले बताए ।
एभरेष्टले यसैवर्ष मात्र भियतनाममा मुन सम्मेलन, हङकङमा भएको वक्तृत्वकलामा विद्यार्थीको सहभागिता गराएको छ । साथै, चाँडै थुप्रै अन्तर्राष्ट्रिय फोरमहरूमा एभरेष्टका विद्यार्थीले सहभागिताले जनाउने तयारीमा रहेको जानकारी दिए ।
हरेक दिन उच्च शिक्षाका लागि भन्दै विदेशिने विद्यार्थीको लाम देख्दा दुःख लाग्ने गरेको भन्दै स्वदेशमै भविष्य छ भन्ने देखाउने गरिको शिक्षा दिनु आवश्यक रहेको बताए ।
उनले यसका लागि राज्यले सोही अनुसारको शैक्षिक नीति बनाएर काम गर्दै पढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा बीआईटी कक्षा सञ्चालन हुन लागेको जानकारी दिंदै दोस्रो सेमेस्टरदेखि नै रोजगारीको ग्यारेन्टी गर्नेगरीको तयारी अघि बढेको बताए ।
शनिबार आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका सेवा आयोग अध्यक्ष प्राडा देवेन्द्र अधिकारीले एभरेष्टले उत्कृष्ट शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले एभरेष्टले भौतिक पूर्वाधारका लागि मात्र नभई सर्वाङ्गिण विकासका निम्ति गरेको लगानी र मेहनतले यहाँका विद्यार्थीहरूले अपेक्षाकृत उपलब्धिहरू हासिल गर्न सफल भएको बताए ।
निजी तथा आवासीय विद्यालय एसोसिएसन ‘प्याब्सन’ मोरङका अध्यक्ष जगत बस्नेतले एभरेष्ट स्कुल अन्य विद्यालयहरूका लागि समेत प्रेरक रहेको बताए । उनले एभरेष्टको शैक्षिक वातावरण, भौतिक पूर्वाधार र व्यवस्थापन लगायतका सम्पूर्ण क्षेत्रमा हाम्रा लागि पथ प्रदर्शक रहको बताए ।
३२ वर्ष अघि ८४ जना विद्यार्थीका बीच पठनपाठन गराएर सुरू भएको एभरेष्टबाट २५ औं ब्याचका विद्यार्थीहरूले एसएलसी ( एसईई) उत्तीर्ण गराइसकेका छन् । भाडाको घरबाट अहिले आफ्नै जग्गामा अत्याधुनिक भौतिक संरचनाका साथमा विद्यालय सञ्चालन भइरहेको जानकारी दिए ।
खेल समूहदेखि कक्षा १२ सम्म २ हजार पाँच सय विद्यार्थीलाई अध्यापन गराउँदै आएको एभरेष्टले आउँदो शैक्षिक सत्रदेखि अध्ययापन गराउन काठमाडौं विश्वविद्यालयको बीआईटीको सम्बन्धन प्राप्त गरिसकेको जनाइएको छ ।
यसैबीच, अभिभावक दिवसको अवसरमा एभरेष्टले लामो समयसम्म सेवा गर्ने चार कर्मचारी र खेलकुदका क्षेत्रमा स्वर्ण पदक जिताउने दुईजना प्रशिक्षकलाई सम्मान गरेको छ ।
लामो समयसम्म काम गर्ने कर्मचारीहरू भोजकुमार श्रेष्ठ (माध्यामिक तह इञ्चार्ज), तारा काफ्ले (नेपाली शिक्षक), लक्ष्मी ढकाल (लेखापाल), नारायण बुढाथोकी (तेक्वान्दो प्रशिक्षक) लाई दीर्घ सेवा पदकबाट सम्मान गरेका थिए ।
यस्तै पौडीका प्रशिक्षक इन्द्र राजभण्डारी र टेबल टेनिसका प्रशिक्षक अनुज बानियाँलाई राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जिताउन सफल भएकोमा सम्मान गरिएको थियो ।
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved