विराटनगर । सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड–ट्रंक लाइन वापत तोकिएको २८ मध्ये पहिलो किस्ता प्रिमियम महसुल रकम तिरेपछि काटिएको विद्युत जोडिएको छ ।
चार हजार बढि मजदुर कर्मचारी कार्यरत रहेको उक्त उद्योगको लाइन प्राधिकरणले लक्ष्मीपूजाको भोलिपल्ट काटेको थियो ।
बिहीबार उद्योगले पहिलो किस्ता वापत २ करोड ७५ लाख रुपैयाँ र विद्युत रिकनेक्सन चार्ज ८४७ रुपैयाँ ५० पैसा बुझाएको हो ।
उद्योगले महसुल वापतको पहिलो किस्ता बुझाएलगत्तै प्राधिकरणको तर्फबाट लाइन समेत सूचारु गरिसकेको नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजीव सिंहले जानकारी दिए ।
रिलायन्सले प्राधिकरणलाई डेडिकेटेड–ट्रंक लाइनको महसुल वापत ७५ करोड ३६ लाख रूपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । त्यसैको पहिलो किस्ता रकम उद्योगका तर्फबाट प्राधिकरणलाई बुझाएको जनाइएको छ ।
प्राधिकरणले महसुल नतिरेको भन्दै खनारस्थित रिलायन्स स्पिनिङ मिल्स र धनकुटाको निगाले सिमेन्टको विद्युत लाइन काटेको थियो ।
View : 638
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved