Biratnagar, Morang, Nepal
१२ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

किड्स भिलेजद्वारा अभिभावकका लागि अभिमुखीकरण

उद्‌घोष सम्वाददाता
१० जेठ २०८२, शनिवार

विराटनगर ।  विराटनगर–५,  कृषिमार्ग एवम् मुनालपथमा रहेको किड्स भिलेज विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । शनिबार मोरङ उद्योग तथा व्यापार संघको सभाकक्षमा गरिएको कार्यक्रममा  साना विद्यार्थी तथा ठूला विद्यार्थीका अभिभावकका लागि छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो । 

शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सहजीकरण गरेको सो कार्यक्रममा सहभागी अभिभावकहरु खुलेर आफ्नो कुरा राखेका थिए । माथिल्लो कक्षाका विद्यार्थीका अभिभावकले तार्किक र व्यवहारिक तर्क तथा जिज्ञासा राखेकोले कार्यक्रम विद्यार्थीको चौतर्फी विकासका लागि उपलब्धीमुलक देखिएको विद्यालयका प्रँचार्य विजय दाहालले बताए । सहजकर्ता घिमिरेले पनि अभिभावकले उत्साहपूर्वक उपस्थिति जनाई विद्यार्थीको विकासका लागि उत्साहपूर्वक चासो देखाएको यो पहिलो कार्यक्रम भएको बताएका थिए । 

अभियन्ता घिमिरेले विद्यार्थीको चौतर्फी विकासका लागि बौद्धिक विकासका अतिरिक्त सामाजिक, मानसिक र सामाजिक विकास हुनु पर्ने बताए  । सोका लागि विद्यालयले एक्लै गर्न नसक्ने बताउ“दै परिवार र समाजको पनि उत्तिकै भूमिका हुने बताए । 

सो अवसरमा किड्स भिलेजका अध्यक्ष मदन खतिवडा, प्रवन्ध निर्देशक पङ्कज जैन, निर्देशक नवजित प्रधानलगायत विद्यालयका शिक्षिकाहरुको सहभागिता थियो । 
 

View : 400

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved