विराटनगर । विराटनगर महानगरपालिका–२ स्थित सिंघिया नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका करिव १७ वर्षीय नितेश सिंह रहेको प्रहरीले जनाएको छ ।
गर्मी भएका कारण पौडी खेल्न भनेर सिंघियामा गएका युवकहरू मध्ये सिंहको डुबेर मृत्यु भएको हो । करिव १५ मिटर गहिरो भुमरीमा परेर उनको मृत्यु भएको जनाइएको छ ।
सोमबार बिहान करिव साढे ११ बजेतिर डुबेका युवकको सशस्त्र प्रहरीको गोताखोर टोलीले केहीबेर अघि शव निकालेको छ ।
शवको पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
View : 5383
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved