वडाध्यक्ष भण्डारी अस्पतालमा शिशुलाई दूधदानीबाट दूध खुवाउँदै ।
झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई स्थित एक घरको बरण्डामा नवजात शिशु फेला परेको छ ।
शनिबार राति करिब ९ बजे सीमा आचार्यको घरको अगाडिको वरण्डामा करिब ५ दिनको जस्तो देखिने शिशु (छोरी) फेला परेको हो । घरमा भाडामा बस्ने ताप्लेजुङ श्रीजङ्गा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले शिशु देखेपछि राति साढे ९ बजे इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।
सूचना पाए लगत्तै बुधबारे प्रहरीको टोली घटनास्थल पुगेको थियो । स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा प्रहरीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ ।
प्रहरीका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र शिशु कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।
उता बुद्धशान्ति–७ का वडाध्यक्ष चन्द्र भण्डारीले उक्त शिशु भद्रपुर अस्पतालमा लगी आफ्नोे निजी खर्चमा उपचार गरिरहेको बताएका छन् ।
View : 487
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved