Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

मन्त्री मेहताद्वारा कबड्डी खेलाडीको विदाइ

उद्‌घोष संवाददाता
१२ माघ २०८२, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ गरेका छन् । 

विराटनगरस्थित बोर्डको कार्यालयमा मन्त्री मेहताले सोमबारदेखि काठमाडौंमा हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने २४ जना खेलाडीसहित अफिसियललाई बिदाई गरेका हुन ।

प्रतियोतिगामा प्रथम स्थानको पदकको अपेक्षा गरेको बताउँदै मन्त्री मेहताले खेलकुदमा सरकारले लगानी गर्ने विश्वास दिलाए । 

सोही क्रममा बोर्डले कोशी प्रदेशबाट माघ ३ र ४ गते हेटौडामा सम्पन्न राष्ट्रिय जुडो प्रतियोगितामा २ रजत र २ काँस्य पदक हात पारेको जानकारी गराइएको थियो। सो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता थियो ।

View : 188

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved