विराटनगर । प्रदेश सभा सचिवालयले दुई साता पछिको मिति राखेर कोशी प्रदेश सभाको बैठक आह्वान गरेको छ । झण्डै दुई महिनासम्म प्रदेश सभाको बैठक नबसेपछि दलहरूले बैठक बोलाउन माग गर्न थालेका थिए ।
उनीहरूले सभामुख अम्बर बहादुर बिष्टले बैठक बोलाउन ढिलाई गरेको भन्दै आलोचनामै उत्रिएपछि सभामुख बिष्टको आदेश अनुसार प्रदेश सभा सचिवालयले भदौ १८ गते बैठक बस्ने गरी सूचना निकालेको छ ।
मंगलबार प्रदेश सभा सचिवालयले सूचना निकालेर बैठक आह्वान गरेको जानकारी दिएको हो ।
प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले तेह्रौं बैठकबाट अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको चौधौँ बैठक मिति २०८१ साल भाद्र १८ गते मंगलबार दिनको १ः०० बजे कोशी प्रदेश सभा हल विराटनगरमा बस्ने’ व्यहोराको सूचना प्रकाशित गरेका हुन् ।
प्रदेश सभा सदस्यहरूले आफ्नो क्षेत्रका समसामयिक समस्याहरू समेत राख्न नपाएको भन्दै प्रदेश सभाको बैठक बोलाउन माग गर्दै आएका थिए ।
कोशी प्रदेश सभाको अन्तिम बैठक गत असार ८ गते बसेको थियो । त्यसपछि अनिश्चितकालीन रुपमा बैठक स्थगित भएको थियो ।
View : 453
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved