Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

डा नरेन्द्र चापागाईं स्मृति पुरस्कार घोषणा

साहित्यकार डा भण्डारी, कवि रसिक र गायक विश्वास पुरस्कृत हुने

उद्‌घोष संवाददाता
११ असार २०८२, बुधवार

Advertisement

विराटनगर  । डा नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले प्रदान गर्ने विभिन्न पुरस्कारका पात्रहरु छनोट गरेको छ । प्रतिष्ठानका अनुसार५१ हजार नगद राशिको डा. नरेन्द्र चापागाईं साहित्य पुरस्कार डा. सुशीला भण्डारीलाई प्रदान गरिने छ ।

यस्तै २५ हजार राशि सहितको डा.नरेन्द्र चापागाईं युवा साहित्य पुरस्कार कवि रोहिणि रसिक र १० हजार १ सय १५ रुपैयाँ नगदसहित नेउपाने सेवा कला सम्मान गायक प्रवलदीप विश्वासलाई दिने निर्णय भएको छ ।

प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा बसेको बैठकले २०८१ सालका पुरस्कारहरू घोषणा गर्दै यही असार २३ गते सोमबार एक समारोहको आयोजना गरेर उक्त पुरस्कारहरू हस्तान्तरण गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिएका छन् । 
 

View : 686

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved