विराटनगर । मुलुकको अग्रणी कन्फेक्सनेरी उद्योग सुजल फुड्स प्रालिले ‘चोकोफन जोय’ नामको नयाँ क्यान्डी(चक्लेट) बजारमा ल्याएको छ ।
कम्पनीले स्वदेशी उत्पादनमा अन्तर्राष्ट्रियस्तरको चक्लेट बजारमा ल्याएको हो ।
कम्पनीले ल्याएको नयाँ चक्लेट वर्गाकारमा कोकोआको स्वादमा छ । यो चक्लेट मुखमा राख्नासाथ पग्लिने र पारखीले छुट्टै आनन्द प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आठ ग्रामको चक्लेटको उपभोक्ता मूल्य १० रुपैयाँ भएको कम्पनीले जनाएको छ ।
View : 190
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved