Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

बाढी पहिरोले कोशी प्रदेशका ५६ वटा सडक अवरूद्ध, चार वटा मात्रै सुचारु

उद्घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । निरन्तरको बाढी पहिरोका कारण कोशी प्रदेशका १४ वटा जिल्लाका केही मुख्य राजमार्ग तथा दर्जनौं सहायक र ग्रामीण सडक मार्ग अवरूद्ध भएका छन् । अवरुद्ध सडक मध्ये चार वटा मात्रै खुलेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी पहिरोका कारण कोशी प्रदेशमा ५६ वटा सडक मुख्य, सहायक तथा भित्री सडकमार्ग अवरूद्ध बनेको जनाइएको छ । तमोर करिडोरका दर्जनौं स्थानमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी इलाम र धनकुटामा १०/१० वटा सडकमार्ग अवरूद्ध भएका छन् । ओखलढुंगामा नौवटा सडक अवरूद्ध भएको जनाइएको छ ।

झापामा चार, भोजपुरमा चार, उदयपुरमा चार, खोटाङमा तीन, तेह्रथुममा तीन, सुनसरीमा तीनवटा सडक अवरूद्ध भएका छन् । त्यसैगरी सोलुखुम्बुमा दुई, पाँचथरमा दुई, मोरङमा एक र संखुवासभामा एकवटा सडक अवरूद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अवरूद्ध भएका सडकहरूमध्ये मेची राजमार्ग अन्तर्गत इलाम–१ को देउमाई–देउराली सडक, धनकुटाको महालक्ष्मी–१ को लेगुवा–खाँदबारी, भोजपुर–५ स्थित मध्यपहाडी लोकमार्गको दाम्सिङ खण्ड र उदयपुरको बेलका–४ स्थित मदन भण्डारी राजमार्गमा पर्ने सिसुवा कजवे सुचारू भइसकेको जनाइएको छ ।

View : 14

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved