Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मनाङ एयर दुर्घटना : गम्भिर घाइते भएका पाइलट सेढाँईको निधन

उद्‌घोष सम्वाददाता
८ कार्तिक २०८०, बुधवार

विराटनगर, ८ कात्तिक : गत असोज २७ गते शनिबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंको उपचारका क्रममा मुम्बईमा निधन भएको छ ।

९एन–एएनजे कलसाइन रहेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचेतर्फ उडान भरेर अवतरण गर्ने क्रममा शनिबार विहान ७ बजेर १३ मिनेटमा दुर्घटना भएको थियो । 
उक्त दुर्घटनामा हेलिकप्टरमा आगो लागेको थियो ।

पाइलट सेढाँईलाई उद्दार गरिएपनि उनको शरीरको आधाजसो भागमा जलन भएका कारण काठमाडौंको ह्याम्स अस्पतालबाट थप उपचारका लागि मनाङ एयरले नेसनल बर्न सेन्टर, मुम्बई पठाएको थियो ।

घाइते पाइलटको मंगलबार उपचारकै क्रममा निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

उपचारका लागि गरिएको अथक प्रयास वावजुद मनाङ एयरले एक कुशल पाइलट र सक्षम व्यवस्थापक गुमाउनु परेको विज्ञप्तिमा उल्लेख छ ।

View : 207

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved