विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–५मा भन्सार छली गरि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानहरू प्रहरीले बरामद गरेको छ ।
बुधबार इलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले जाँचको क्रममा को २ त ६४४२ नम्वरको ट्रयाक्टरमा भन्सार छली ल्याउँदै गरेको ३४० थान मार्वल र ६४० किलोग्राम सनपाट बरामद गरेको हो ।
अवैध सामान वरामद भएसँगै उक्त सामान र ट्याक्टरसहित चालक रंगेली–६ का रामनारायण सरदार समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सोही कार्यालयबाट खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका–३ बेतौनामा भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको करिव १ लाख ७५ हजार ६ सय रूपैंयाँ बरावरको बिभिन्न किसिमका कस्मेटिक सामानहरू बरामद गरेको छ ।
बरामद गरिएका उक्त सामग्रीहरूलाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।
View : 115
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved