Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

क्यान्सर तथा स्त्रीरोग सम्बन्धी शिविर

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूलाई लक्षित गरी एकदिने क्यान्सर तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । 

विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरूलाई  निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अस्मिता रायमाझीले कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा रोगहरूबाट बच्न सकिने बताउँदै क्यान्सर रोगको पहिचान, उपचार पद्धति तथा सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटगरका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउने चिकित्सक टोली तथा विराट मेडिकल कलेजलाई धन्यवाद व्यक्त गरेका थिए । 

View : 276

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved