Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एमबीएस एक्स्पो: ‘हुलास भए अरु किन खोज्ने’

उद्घोष सम्वाददाता
१५ पुष २०८०, आइतवार

विराटनगर । विराटनगरमा जारी व्यापार मेलाको स्टल नं. एन ४५–४६ मा विराटचोककी विविता गौतम र विराटनगरकी अर्चना भट्टराई स्टल प्रतिनिधिका रुपमा भेटिन्छन् ।

भूदेव खाद्य उद्योगले आफ्नो उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि राखेको स्टलमा उनीहरू नेपाली मौलिक भेषभूषा देखिन्छन् । उनीहरू बसेको स्टलमा आगन्तुकको सोझै आँखा त पर्छ नै साथमा स्टलमा बस्ने चेलीहरूले लगाएको पहिरनले पनि ग्राहकलाई आकर्षित गर्छ ।

भूदेव खाद्य उद्योग गोल्छा अर्गनाइजेसनअन्तर्गतको कम्पनी हो । यस कम्पनीले हुलास ब्राण्डमा विभिन्न खाद्यवस्तुको उत्पादन गर्दछ । सुरेन्द्र गोल्छा यो कम्पनीका सञ्चालक तथा निर्देश हुन् ।

कम्पनीको ‘हुलास भए अरु किन खोज्ने’ भन्ने व्यावसायिक नारा छ । हुलास ब्राण्डका खाद्यवस्तु ढुक्कले प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

व्यापार मेलाका स्टल प्रतिनिधि अर्चना भट्टराई र विविता गौतम पनि ग्राहकले हुलासको नाम तथा ब्राण्डप्रति निकै विश्वास गरेको बताउँछन् ।

उनीहरूका अनुसार मेलामा हुलासको चिउरा, सुजी, आँटा, बेसन, मैदा, भुजा, चामललगायतका खाद्यवस्तुको बिक्री भइरहेको छ ।

मेलामा बजार मूल्यभन्दा कम मूल्य कायम गरेकाले बिक्री पनि राम्रो भइरहेको उनीहरूले बताए । मेला हेर्न आएका ग्राहकले केही सस्तो महसुुस गरुन् भनेर अधिकतम बिक्री मूल्य(एमआरपी) मा १० देखि २५ प्रतिशत छुट रहेको उनीहरूले बताए ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved