विराटनगर । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ । समाजमार्फत ३५ जना ज्येष्ठ आमाहरुलाई तीनदिने तीर्थयात्रा गराइएको हो ।
विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीर्थयात्रामा जाने आमाहरुको विदाई गरेकी थिइन् । उपमेयर कार्कीले आमाहरुको धार्मिक यात्रा सफलताको शुभकामनासमेत व्यक्त गरिन् ।
समाजकी सदस्य समाजसेवी अनुजा कोइरालाका अनुसार ज्येष्ठ आमाहरुलाई देवघाटका विभिन्न मठमन्दिर, आश्रम, मौलाकाली मन्दिर र शाश्वत धामको दर्शन गराइएको थियो ।
समाजकी अध्यक्ष अञ्जु कार्की, उपाध्यक्ष मिलन कार्की, सहसचिव विन्दु लाखे र सदस्य अनुजा कोइरालाले आमाहरुलाई तीर्थयात्रामा लिएर गएका थिए ।
View : 120
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved