विराटनगर । विराटनगरका बरिष्ठ अधिवक्ता जगन फुयालको उपचारका क्रममा निधन भएको छ । ६८ वर्षीय फुयाल आइतबार अपरान्ह विराटनगर–७ स्थित आफ्नै घरको छतबाट लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरकै न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
अधिवक्ता फुयालको मंगलबार बिहान मृत्यु भएको नेपाल बार एशोसिएशन मोरङले जनाएको छ ।
फुयाल जिल्ला अदालत मोरङ नजिकै रहेको आफ्नै घरको दुई तलामाथि अमला टिप्ने क्रममा जिर्ण रहेको रेलिङ भत्किंदा लडेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको जनाइएको छ । फुयाल नेपाल बार एशोसिएशन मोरङका सदस्य हुन् ।
बरिष्ठ अधिवक्ता फुयाल विराटनगर–१० स्थित संसारी माइस्थानको १३ कठ्ठा १५ धुर जग्गा विवादसम्बन्धि मुद्दामा निशुल्क रुपमा संसारी माइस्थान संरक्षण समितिको तर्फबाट बहस गरेर सर्वोच्च अदालतबाट जिताएर चर्चित बनेका थिए ।
जिल्ला अदालत मोरङमा २०६९ सालदेखि सुरु भएको मुद्दाको प्रकरणमा तत्कालिन अधिवक्ता फुयालले नै सर्वोच्चसम्मै बहस गरेका थिए । भानु मोरङ सांस्कृतिक समितिविरुद्धको उक्त मुद्दामा सर्वोच्च अदालतले २०८१ भदौ २४ मा अन्तिम फैसला गरेको थियो ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved