विराटनगर । कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका–२ घर भई काठमाडौं गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ ।
जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकोले उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको बताइएको छ ।
View : 105
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved