Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

तीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु

उद्‌घोष सम्वाददाता
१९ भदौ २०८१, बुधवार

ताप्लेजुङ, १९ भदौ ।  प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ । 

मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो ।

प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन ।

नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान अवरुद्ध भए पनि अहिले मौसममा सुधार आएको र पर्यटकीय यामसमेत सुरु भएकाले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको जानकारी दिए ।
 
उनका अनुसार तीन महिनापछि भएको उडानमार्फत काठमाडौँबाट चार यात्रु आएका छन् भने यहाँबाट दुई यात्रु काठमाडौँ गएका छन् ।

आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ ।

त्यसपश्चात् भने सातामा तीन दिन उडान तालिका तय गरिने निगमको तयारी छ ।

यात्रुका लागि यहाँबाट काठमाडौँसम्म नौ हजार चार सय ७५ शुल्क निर्धारण गरिएको छ । रासस

View : 125

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved