सुन्दरहरैचा । सुन्दरहरैंचा–९ स्थित लोकशान्ति बचत तथा ऋण सहकारी संस्थाको शनिबार भएको १८ औं बार्षिक चुनावी साधारण सभाले पुनः गोविन्दबहादुर कार्कीलाइ अध्यक्षमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मी राई मल्ल सचिवमा दिपेन्द्र अधिकारी र कोषाध्यक्षमा सारथीप्रसाद चापागाईं चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा बेलकुमारी घिमिरे, राजमणि अधिकारी, दुर्गाप्रसाद मिश्र, चण्डीप्रसाद सुवेदी, लक्ष्मी खनाल, मैयाकुमारी श्रेष्ठ र नवराज गौतम चयन भएका छन् । लेखा समिति संयोजकमा संगिता सुवेदी घिमिरे, सदस्यमा लिलादेवी विमली श्रेष्ठ र सुगम सुवेदी चयन भए ।
कार्यक्रममा संस्थाका सञ्चालक तथा लेखा समितिमा निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको निर्वाचन समितिका सदस्य एमणि अधिकारीले जानकारी दिए ।
साधारणसभामा सञ्चालन समितिको प्रतिवेदन, आन्तरिक तथा बाह्य लेखा प्रतिवेदन, नीति कार्यक्रम र बजेट प्रस्तुत गरि पारित गरिएको थियो ।
सो अवसरमा जेष्ठ सदस्य तथा उत्कृष्ट ऋणी सम्मान, बाल बचत प्रोत्साहन र शैक्षिक पुरस्कार वितरण गरिएको थियो । २०६३ सालमा स्थापना भएको लोकशान्तिमा ८ सय ७७ जना सेयर सदस्य छन् ।
View : 83
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved