विराटनगर । विराटनगर–१० स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले ८ औं वार्षिकोत्सव मनाएको छ ।
मंगलवार अस्पतालको प्राङ्गणमा भएको वार्षिकोत्सवमा निशुल्क शिविर आयोजना गरिएको थियो ।
सो शिविरमा विराटनगरलगायत कटहरी, जहदा र दुहवीबाट हाडजोर्नी, नसा च्यापिएको र घुँडा दुख्ने समस्या भएका ९० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
विरामीहरुलाई आवश्यक औषधिहरु समेत उपलब्ध गराएको अस्पतालकी सञ्चालक विद्या भट्टराईले बताइन् ।
शिविरमा परीक्षण गरिएका मध्ये शय्यामा भर्ना गर्नुपर्ने विरामीहरुलाई ३० प्रतिशत र अन्य विरामीका लागि २५ प्रतिशत थप छुट उपलब्ध गराएको जनाइएको छ ।
अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आफ्नो प्रतिवद्धता कायम राख्दै ८ वर्षदेखि सेवा प्रवाह गर्दै आएको अस्पतालका डाक्टर गोविन्दकुमार झाले बताए ।
विशेष गरी नसा च्यापिने, मुख बाङ्गो हुने, जोर्नी सम्बन्धी र ढाड दुख्ने रोगीहरुको नेचुरोपेथी एण्ड फिजियोथेरापी विधिबाट सफल उपचार गर्दै आएको उनले जानकारी दिए ।
View : 202
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved