Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

‘सतीदेवी’को गीतमा सन्दीपसँग मलिकाको प्रेम

उद्घोष सम्वाददाता
३२ साउन २०८१, शुक्रवार

Advertisement

विराटनगर । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सतीदेवी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक ‘माया बसेको रैछ’ बोलको गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र नव–अभिनेता सन्दीप बाबु लोहानीबीचको प्रेमलाई दर्शाइएको छ । गीतमा लक्ष्मण सुवेदीको शब्द रचना, दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाको गायन छ ।

मलिकालाई कालोमोसो र जुत्ताको माला लगाएर प्रस्तुत गरिएको फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको अघिल्लो साता सार्वजनिक ट्रेलरले हाइप बढाएको छ ।

अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई गम्भीर प्रश्न गर्दै छोरीले पनि आफनो कर्तव्य निभाउन सक्छन् भन्ने विषय फिल्मले उठाएको छ । यसका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन् ।

‘सतीदेवी’मा मलिका र सन्दीपसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी लगायतको पनि अभिनय रहेको छ ।

बाबु श्रेष्ठको छायांकन तथा तारा थापा (किम्भे) को सम्पादन रहेको फिल्मले केही फेस्टिभलहरुमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ । फिल्मको गुणस्तरमाथि विश्वास गर्न सकिने यो ठूलो आधार हो ।

View : 45

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved