Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

हरिवंशले भने ‘मेरो स्वास्थ्य सामान्य छ’

उद्घोष सम्वाददाता
७ साउन २०८१, सोमवार

विराटनगर, ७ साउन । कलाकार हरिवंश आचार्यले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताएका छन् । विराटनगरस्थित विराट अस्पताल (विराट नर्सिङ होम) मा उनको उपचार भइरहेको छ । 

अस्पताल स्रोतका अनुसार आचार्य भोलि (मंगलबार) मात्रै डिस्चार्ज हुँदैछन् । नाकभित्रको नसा फुटेर रगत बगेपछि उनी आइतबार बिहान अस्पताल भर्ना भएका थिए ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उद्घोषसँग कुरा गर्दै कलाकार आचार्यले पनि आफू मङ्गलबार डिस्चार्ज हुने बताए । उनले आफू सामान्य अवस्थामा आराम गरिरहेको जानकारी दिए ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उपचारमा संलग्न डा. राजीव साहको टिमलाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन् ‘शनिबार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदनदाई र म विराटनगर आएका थियौँ । अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु । अस्पताल पुग्दा मेरो ब्लड प्रेसरहरु सामन्तै थियो ।

धेरैलाई उच्च रक्तचापको कारण होकी भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाई टाल्ने काम भइसकेको छ र अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु । उपचारको क्रममा विराट नर्सिङ होम परिवार, डा. राजिव साहको चिकित्सक टिमलाई धन्यवाद दिन चाहन्छु । 

मेरो स्वास्थ्यप्रति चासो व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कार्कीज्यु प्रति आभारी छु, साथै हिमगिरी उद्योग प्रालि सदस्यज्यू र कर्मचारीज्युहरुले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छु ।

देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी र सम्पूर्ण पत्रकार जगतलाई मेरो स्वास्थ्यप्रति  यतिधेरै सद्भाव प्रकट गरिदिनु भएकोमा आभारी छु ।

View : 170

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved