Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

संखुवासभामा ड्युटीमा रहेका सहायक हवल्दारको निधन

उद्‌घोष सम्वाददाता
९ भदौ २०८१, आइतवार

सङ्खुवासभा, ९ भदौ । ड्युटी गर्दागर्दै अचानक बेहोस भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।

मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए ।

मृतकको शवपरीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ ।

शवपरीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताए ।

View : 257

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved