विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले सदस्य लवराज अधिकारीलाई शान्ति सुरक्षा तथा प्रशासन सेवा बिभागको संयोजकको जिम्मेवारी दिएको छ ।
पार्टीले बिभिन्न बिभागको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा प्रशासन र सुरक्षा क्षेत्रमा निकट सम्बन्ध राख्ने अधिकारीलाई सो जिम्मेवारी दिएको हो । शनिबार एक समारोहका बीच प्रदेश सभापति उद्धव थापाले जिम्मेवारी दिइएको पत्र अधिकारीलाई हस्तान्तरण गरेका छन् । बिभागको समिति छिट्टै पूर्ण हुने अधिकारीको भनाइ छ ।
नेपाली कांग्रेसको बिधान २०१७ दशौं संशोधन २०७८ को परिच्छेद ४ धारा १३ (११) (क) बमोजिम अधिकारीलाई विभागको संयोजकमा नियुक्त गरिएको पत्रमा जनाइएको छ । उदयपुरको बेलका नगरपालिकाबाट राजनीति गर्दै आएका विराटनगर निवासी अधिकारी नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका हुन् ।
View : 331
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved