विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना इन्टर्न चिकित्सकको अस्पतालकै भवनबाट खसेर आइतबार मृत्यु भएको छ ।
नोबेलको पाँचौं तलाबाट खसेर घाइते डा. अमित यादवको उपचारका क्रममा मृत्युु भएको नोबेल अस्पताल प्रशासनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे छ बजेतिर मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौं तलाबाट उनी खसेका थिए ।
३४ वर्षीय यादव गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सप्तरीको राजविराज नगरपालिका–९ जगदरी निवासी उनको टाउकोमा गम्भीर चोट लागेको अस्पताल प्रशासक दिपेश राईले जानकारी दिए ।
यादव नोबेल मेडिकल कलेजमै एम्बीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
View : 102
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved