विराटनगर । नबिल बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मान प्राप्त गरेको छ ।
आइक्यानले सन् २०२३–२४मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।
सन् २०२२–२३ मा पनि नबिल बैंकले स्वर्ण अवार्ड हात पारेको थियो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा परीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एशियाली लेखा परीक्षक संस्था (साफा) ले दक्षिण एशियाली स्तरमा आयोजना गर्ने साफाबीपीए अवार्डका लागि समेत मनोनित हुनेछ ।
नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
View : 304
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved