काठमाडौं । लगातार चार दिनको गिरावटपछि सोमबार सेयर बजार परिसूचकमा सुधार आएको छ ।
नेप्से ४.७८ विन्दुले बढेर २६००.७६ को विन्दुमा रह्यो । कारोबार रकम भने घटेको छ।
साताको दोस्रो दिन पनि लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका सेयरमा रह्यो ।
वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापार समूहका सूचक बढेका छन् ।
व्यापार समूहको सूचक २.२० प्रतिशतले बढेको छ । विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह घटेका छन् ।
१२४ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् ।
गुराँस लघुवित्तको सेयरमूल्य घटेर सर्किट लागेको छ । १२३ कम्पनीको सेयरमूल्य बढेको छ ।
जोशी हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावरको सेयर ९.४२ प्रतिशतले बढेको छ ।
६ अर्ब ४७ करोड १९ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा राधी विद्युत पहिलो नम्बरमा रह्यो ।
उक्त कम्पनीको ५२ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै बुटवल पावरको ४२ करोड १७ लाख, ङादी ग्रुप अफ पावरको ३३ करोड ६० लाख र सानिमा माई हाइड्रोपावरको २८ करोड ३८ लाख र हिमालयन पावर पार्टनरको २६ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसअघि साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३२.९३ को दोहोरो अंकले घटेर २५९५.९७ विन्दुमा रहँदा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। कारोबारमा अग्रणी जलविद्युत कम्पनी थिए ।
View : 411
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved