Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटमा क्यान्सर सर्भाइभरको भेला

उद्‌घोष संवाददाता
२५ असार २०८१, मङ्गलवार

Advertisement

विराटनगर । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा सोमवार पहिलो पटक मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई एकै ठाउँ भेला गराएको छ ।

भेलामा बोल्दै विराट मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा दिप्तेश अर्यालले आगामी दिनमा सपोर्ट ग्रुपले क्यान्सरका विरामीहरुलाई सहयोग सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । 

अस्पतालका उपाध्यक्ष डा निकिता कार्कीले इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुप सबैको साझा संस्था भएको बताउँदै क्यान्सर एउटा घरको मात्र समस्या नभएर सिंगो समाजको समस्या भएकोले आगामी दिनमा योजना बनाएर काम गर्ने जानकारी दिइन् । 

क्यान्सर रोग विशेषज्ञ डा अस्मिता रायमाझीले क्यान्सर भएपछि आउने समस्याहरु त्यसको सामना गर्ने उपायबारे चर्चा गरेकी थिइन् । कार्यक्रममा क्यान्सर सचेतना सम्बन्धी बीएस्सी दोस्रो वर्षका विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।

क्यान्सर सर्भाइभरहरुलाई एकै ठाउँ भेला गराएर क्यान्सरविरुद्ध लड्न एकजुट भएर लड्न र एकअर्कालाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको क्यान्सर सर्भाइभर एवं कार्यक्रमका संयोजक कमल पौडलले जानकारी दिए  । 

View : 337

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved