विराटनगर । विराटनगर आँखा अस्पतालको १८औं वार्षिकोत्सवको अवसरमा अस्पतालको सेवा प्रवाहमा अविस्मरणीय योगदान गर्दै पन्ध्र वर्षदेखि अनवरण सेवा गर्ने कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ । कोशी प्रदेशसभाका सभामुख अम्बरवहादुर विष्टले उनीहरुलाई सम्मान गरेका थिए ।
सो समारोहमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले अस्पताललाई समायानुकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्धतिलाई अंगिकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए ।
मेडिकल सुपेरिन्टेन्डेन्ट डा ललित अग्रवालले अस्पतालले गत वर्ष प्रदान गरेका सेवा सुविधाहरु, अस्पतालको लक्ष्य तथा उपलब्धी र भावी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा अस्पताल व्यवस्थापन समिति सदस्य विजयहरि शर्मा, नेपाल नेत्र ज्योति संघ कोशी प्रदेश सभापति श्यामसुन्दर उदास, मधेश प्रदेश सभापति रविन्द्रलाल चौधरी, द्रोण गुरागाई, सूर्यलाल यादव, सुधीरकुमार ठाकुर, भरत थापा लगायतका आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालन प्रबन्धक कुमार पृथूले जानकारी दिए ।
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved