विराटनगर । विराटनगरस्थित अम्बेमुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको छ ।
१४ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकार कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. दीपक सिग्देल, पूर्व स्वास्थ्यकर्मी शोभा लामा बल, संगीत क्षेत्रबाट कुशेश्वर राई, योग प्रशिक्षक शिल्पा प्याकुरेल र साहित्य क्षेत्रबाट शारदा कार्कीलाई सम्मान गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै आयोजक संस्थाका तर्फबाट कक्षा २ का छात्र रामकृष्ण यादवलाई छात्रवृत्तिस्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष भारती उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, संस्थाका महासचिव गंगाप्रसाद यादव, कोषाध्यक्ष चुडा ठकुरी, लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
View : 329
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved