काठमाडौं । गत सातादेखि क्रमिक घटेको सेयरबजार बिहीबार दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि अघिल्लो दिनका तुलनामा सुधार आएको छ ।
नेप्से परिसूचक १८.३० अंकले बढ्दै २८५०.३७ विन्दुमा रहँदा ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि बुधबार नेप्से १.९४ अंकले बढ्दै २८३२.०६ को विन्दुमा रहँदा कारोबार रकम ७ अर्ब ६३ करोड १३ लाखमा खुम्चिएको थियो ।
साताको अन्तिम कारोबार दिन सबै समूहका सूचक हरियो छन् । फाइनान्स १.३८ र उत्पादन तथा प्रशोधन समूह १.१२ प्रतिशतले बढेका छन् ।
६२ कम्पनीको सेयरमूल्य घट्दा उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा ८.२६ प्रतिशतको गिरावट छ । समाज लघुवित्त ५.४२ प्रतिशतले घटेको छ ।
१८७ कम्पनीको सेयरमूल्य बढेको छ । उच्च भएका तीन कम्पनी सबै जलविद्युत छन् ।
सिक्लेस ९.८१, वरुण ९.७८ र मकरजितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य ७.५६ प्रतिशतले बढेको छ ।
बजारमा उच्च कारोबार हुने ५ कम्पनीमा लिबर्टी इनर्जी पहिलो नम्बरमा छ । उक्त क्मपनीको ३९ करोड १ लाखको सेयर किनबेच भएको छ ।
यस्तै शिवम् सिमेन्ट ३६ करोड ९३ लाख, हिमालयन रिइन्स्योरेन्स २३ करोड २८ लाख, नेपाल रिइन्स्योरेन्स २२ करोड ८७ लाख र युनाइटेड मोदी हाइड्रोपावरको २० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
सुरुवातदेखि नै आएको गिरावट साताको अन्तिम कारोबार दिन थामिएको छ। बुधबार नेप्से १.९४ अंकले बढ्दै २८३२.०६ को विन्दुमा रहँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो ।
गत आइतबार १३ अर्ब ७ करोड ५० लाख, सोमबार १० अर्ब ८२ करोड २४ लाख, मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 357
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved