Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

स्वदेशमै उद्यम गरी सफल बनेका दीपेन्द्र

उद्‌घोष संवाददाता
२२ पुष २०८२, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको बेलबारीमा अवस्थित सिद्धार्थ इलेक्ट्रोनिक्स स्थानीय मात्र नभई पूर्वी नेपालकै विश्वासिलो इलेक्ट्रोनिक्स व्यवसायका रूपमा परिचित बनेको छ ।

‘किनौं सबै, सिद्धार्थ इलेक्ट्रोनिक्समै’ भन्ने नारालाई आत्मसात् गर्दै स्थापना कालदेखि नै गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको यो व्यवसायका सञ्चालक हुन् प्रो. दीपेन्द्र पौद्दार ।

बेलबारीका पुराना बासिन्दा पौद्दारले स्थानीय भगवती स्कुल तथा सुकुना कलेजबाट अध्ययन पूरा गरेका हुन् । 

धेरै साथीहरू वैदेशिक रोजगारीतर्फ लाग्दा पनि पौद्दारले भने स्वदेशमै केही गर्ने अठोटका साथ व्यवसायिक यात्रा सुरु गरेका थिए ।

वि.सं. २०६४ सालमा स्थापना भएको सिद्धार्थ इलेक्ट्रोनिक्समा पाँच करोड रुपैयाँ भन्दाबढी लगानी भएको एक स्थापित व्यवसाय बनेको छ । 

हाल यस व्यवसायले १३ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गर्दै आएको छ, जसले स्थानीय स्तरमा आर्थिक गतिविधि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिएको छ । 

सिद्धार्थ इलेक्ट्रोनिक्समा टीभी, मोबाइल, फ्रिज, वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामग्री एकै छानामुनि उपलब्ध छन् ।

ग्राहकको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै यहाँ किस्ताबन्दी सुविधा, नेपालभर निःशुल्क क्यास अन डेलिभरी सेवासमेत उपलब्ध छ । 

स्थानीय क्षेत्रमा गुणस्तरीय सेवा पुर्याउँदै आएको सिद्धार्थ इलेक्ट्रोनिक्समा बेलबारी मात्र नभई पूर्वी नेपालका छिमेकी पालिकाहरूबाट समेत ग्राहकहरू आउने गरेका छन् ।

View : 128

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved