विराटनगर । विराट हेल्थ केयर इण्डस्ट्रिज प्रालि विराटनगरको प्रख्यात स्वास्थ्य संस्था विराट मेडिकल कलेजको भगिनी कम्पनी हो ।
‘स्वास्थ्य तथा स्वच्छता’ अर्थात् ‘हेल्थ एण्ड हाइजिन’ को क्षेत्रमा विराट मेडिकल कलेजको यो अर्को फड्को हो ।
महिला स्वास्थ्यमा केन्द्रित विराट हेल्थ केयरले विराटनगरमा जारी मेलामा फराकिलो स्टलमा आफनो उत्पादन सजाएको छ ।
उक्त स्टलमा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनटरी प्याडसहित बच्चा तथा बूढाबूढीले प्रयोग गर्ने डाइपर पाइन्छन् ।
विराट हेल्थ केयरले उच्च गुणस्तरको ‘हृवाइट मुन’ ब्राण्डको सेनेटरी प्याड उत्पादन गर्दछ ।
उच्च गुणस्तरको सेनेटरी प्याड संक्रमणरहित, अत्याधुनिक उपकरणबाट उत्पादन हुने भएकाले उपभोक्ताको सजिलै मन जित्न सकिएको कम्पनीका एरिया सेल्स मेनेजर सुरेश न्यौपाने बताउँछन् ।
कम्पनीले सेनेटरी प्याड, मास्क, अल्ट्रासाउण्ड जेली, सु–कभरलगायत झण्डै दर्जन प्रकारका स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू उत्पादन गर्दै आएको न्यौपाने उल्लेख गर्छन् ।
विराट हेल्थ केयर मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा एक वर्षअघि ५५ करोडको लगानीमा स्थापना भएको कम्पनी हो । यो कम्पनी टंकिसिनवारीस्थित विराट मेडिकल कलेजको ठिक पछाडिपट्टि रहेको छ ।
जारी व्यापार मेलामा यस कम्पनीका उत्पादन २० प्रतिशतसम्म छुटमा किन्न पाइन्छन् । त्यस्तै तीन प्याकेट सेनटरी प्याड किन्दा एउटा सित्तैमा दिइने कम्पनीका एरिया सेल्स मेनेजर न्यौपाने बताउँछन् ।
View : 134
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved