विराटनगर । मोरङको कटहरी–१ चौधरी चोकमा लामो समयदेखि नाला निर्माण गर्ने ठेकेदारले सडकमा अवरोध पुर्याएकाले सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।
बाइपास रोड बनाएर मात्रै नालाको काम गर्नुपर्नेमा त्यसो नगरेर गैरजिम्मेवार ढंगले काम गरेकोले सडक अवरोध भएको हो ।
पालिका प्रमुख देवराज चौधरीको ध्यानाकर्षण गराउँदासमेत सडक अवरोध हटाइएको छैन ।
नालाको काम उनकै टोलमा भैरहेको छ । बाटो अवरोध हुँदा विद्यालय जाने बालबालिकाहरूसमेतले सास्ती ब्यहोरिरहेका छन् ।
View : 274
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved