विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ चयन भएका छन् ।
शनिबार मोरङको पथरीमा सम्पन्न छैंटौं जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हन् । उनी यसअघि सचिव थिए ।
उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता चाम्लिङ राई ,राजेश राजवंशी र कोषाध्यक्षमा सुरन्जन लिम्बू सर्वसम्मत भएका छन् ।
फोनिज मोरङ जिल्ला सदस्यमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र सञ्जय राजवंशी चयन भएका छन् ।
लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् । जिल्ला अध्यक्ष दिनेश सुब्बाको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन भएको हो ।
त्यसैगरी फोनिज उदयपुरको अध्यक्षमा रञ्जु दनुवार निर्वाचित भएकी छिन् ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले बुद्धिकुमार राईलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
View : 26
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved