Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

टेलिभिजन शम्भु पोखरेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार

उद्‌घोष संवाददाता
२६ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । टेलिभिजन पत्रकार शम्भु पोखरेल खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट पुरस्कृत भएका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकार पोखरेललाई नगद ११ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरेका हुन् । पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष मोहन भण्डारी, केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहाल तथा प्रतिष्ठानका सचिव कविराज न्यौपानेलगायतले मन्तव्यसहित पत्रकार पोखरेललाई शुभकामना दिएका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

View : 19

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved